अन्तिम संस्कारको आठ दिन पछि कोरोना संक्रमणको पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १२ गते १५:१५

पर्सा – वीरगञ्जमा उपचाररत व्यक्तिको निधन कोरोनाकै कारण भएको पुष्टि भएको छ ।
मेकिडल कलेज शिक्षण अस्पताल कोभिड रोग उपचारका प्रमुख डाक्टर असरफ अलीले ज्यान गुमाएका व्यक्तिको परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनु भएको हो ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का ७० वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समसया आएपछि गएको २ गते उपचारका लागि बीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा उहाँको कोरोना भाइरसको सङ्क्रमण परीक्षणकालागि स्वाब संकलन भएको थियो । तर रिपोर्ट आउनु अघि नै उहाँको ज्यान गएको थियो । ज्यान गुमाएका व्यक्तिको थारु परम्परा अनुसार अन्तिम संस्कार भइसकेको  छ । अन्तिम संस्कारपछि उहाँको रिपोर्ट आएको हो । उहाँको गएको ४ गते ज्यान गएको थियो । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

प्रकाशित : २०७७ जेठ १२ गते १५:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI