काठमाडौं- नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो।
वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। यो सँगै मृतकको संख्या ४ पुगेको छ ।
प्रकाशित : २०७७ जेठ १२ गते १६:४२
No ads found for this position
Facebook Comment