अक्सफोर्ड कलेज गैंडाकोटद्वारा २ सय ६ परिवारलाई खाद्यान्न सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १२ गते २०:५०
अक्सफोर्ड कलेज गैंडाकोटद्वारा २ सय ६ परिवारलाई खाद्यान्न सहयोग

गैंडाकोट/सुजन अधिकरी
कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण समस्यामा परेका टोलवासी हरु लाई गैंडाकोट मा रहेको अक्सफोर्ड कलेजले सोमबार खाद्यान्न सहयोग गरेको छ ।

अक्सफोर्ड कलेजका प्रमुख इन्जिनियर हरि भण्डारीले नारायणी टोलबिकाश टोल बिकाश संस्थामा रहेका २ सय ६ घरपरिवार लाई राहत वितरण गरिएको जानकारी गराए । कोभिड १९ को संक्रमण फैलन नदिनका लाई गरिएको लकडाउन ले आफ्नै वरपरका दाजु भाइलाई समस्या परेको देख्न नसकेका ले खाद्यान्न लगाएतको सहयोग गरेको बताएका छन ।

साथै सोही कार्यक्रम मा भण्डारी ले अक्सफोर्ड कलेजका तर्फबाट ईलाका प्रहरि कार्यालय गैंडाकोटमा कार्यरत प्रहरी हरु लाई समेत ४६ थान N95 माक्स समेत सहयोग गरेका थिए ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख छात्रराज पौडेल गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धुर्वराम पौडेल, वडा सदस्यहरु यदुनाथ सापकोटा, शुभेच्छादलि प्रधान लगाएतका जनप्रतिनिधि हरु को सहभागी रहेको थियो ।

समस्यामा परेका आफ्नै टोल का बासिन्दालाई सहयोग गरेकोमा नगरपालिका का प्रमुख छात्रराज पौडेलले अक्सफोर्ड कलेजलाइ धन्यवाद दिएका थिय । वडा नम्बर २ का वडा अध्यक्ष धुर्वराम पौडेलले नेपाल सरकारले जारी गरेको एकद्वार प्रणाली लाई दृढतापूर्वक लागु गरि यसरी सामाजिक दुरि कायम गर्दै राहत वितरण गरेको मा कलेजलाई धन्यवाद दिएका थिए ।

प्रकाशित : २०७७ जेठ १२ गते २०:५०

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI