रिपोर्ट नआउँदै शव दिने नेशनल मेडिकल कलेजलाई कारवाही गर्न सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १३ गते ७:१६
रिपोर्ट नआउँदै शव दिने नेशनल मेडिकल कलेजलाई कारवाही गर्न सिफारिस

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, पर्साले पिसिआर रिपाेर्ट नआउँदै मृत्यु भएका बिरामीको शव दाहसंस्कार गर्न परिवारको जिम्मा लगाउने वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

काेभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख एवम् पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको केन्द्रको बैठकले वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा जेठ २ गते भर्ना गरिएका र जेठ ४ गते नै मृत्यु भएका बारा, कलैया उपमहानगरपालिका – ७ निवासी एक ७० वर्षीय व्यक्तिमा कोभिड १९ सङ्क्रमणको आशङ्कामा पिसिआर जाँचको लागि स्वाब सङ्कलन गरिएको तर पिसिआर जाँचको रिपाेर्ट नआउँदै दाहसंस्कार गर्न शव आफन्तको जिम्मा लगाइएको र आफन्तले मृतकको सदगद समेत गरिसकेको अवस्थामा रिपाेर्ट पोजिटिभ आएको थियो । गोरखापत्रबाट

प्रकाशित : २०७७ जेठ १३ गते ७:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI