No ads found for this position

भर्चुअल रूपमा कार्यक्रम गरि नेपाल प्रेस युनियनको २९औं स्थापना दिवस मनाईदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १३ गते १२:४८
No ads found for this position
भर्चुअल रूपमा कार्यक्रम गरि नेपाल प्रेस युनियनको २९औं स्थापना दिवस मनाईदै
No ads found for this position

नेपालका प्रजातन्त्रवादी पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनले आज आफ्नो २९ औं स्थापना दिवस मनाउदै छ । कोरोना संक्रमणका कारण मुलुकमा लकडाउन भएकाले सार्वजानिक कार्यक्रम नभएपनि केन्द्रीय समिति र विभिन्न जिल्ला शाखाहरु भर्चुअल रुपमा विभिन्न कार्यक्रम गरि युनियनको स्थापना दिवस मनाउदै छन् ।

स्थापनाकालदेखि नै युनियनले सञ्चारकर्मीका पेसागत तथा भौैतिक सुरक्षाका सवालमा वकालत गर्दै आएको युनियनको स्थापना ट्रेड युनियनवादको अवधारणा अनुरुप भएको हो । नेपालका सञ्चारकर्मीलाई सङ्गठित बनाई श्रमजीवी पत्रकारका पक्षमा वकालत गर्दै आएको प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।

विसं २०४८ जेठ १३ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा प्रेस युनियनको जन्म भएको हो । त्यसयता युनियनमा हरि अधिकारी , रमेश तूफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारी कुमार शर्मा, समीरजङ्ग शाह र किरण कुमार पोखरेल अध्यक्ष भइसकेका छन् ।

युनियनका मुलुकभर मुस्ताङ र हुम्लाबाहेक सम्पूर्ण जिल्लामा जिल्ला शाखा र कैलालीको लम्की उपशाखा तथा काठमाडौँमा साँखु शाखा तथा विभिन्न संचार प्रतिष्ठानमा सातवटा शाखा रहेका छन् ।

प्रकाशित : २०७७ जेठ १३ गते १२:४८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI