No ads found for this position

पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १३ गते १६:५७
No ads found for this position
No ads found for this position

काठमाडौं- सुर्खेत र स्याङ्जासहित नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिएका हुन्। 

सुर्खेतमा १२ जना र स्याङ्जामा २ जनामा कोरोना देखिएको जानकारी यसअघि नै बाहिर ल्याइएको थियो। यी दुई जिल्ला सहित थप विभिन्न जिल्लामा गरी ९० जनामा संक्रमण देखिएको हो।

नेपालमा हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ भने १५५ जना उपचारपछि निको भइसकेका छन्। 

प्रकाशित : २०७७ जेठ १३ गते १६:५७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI