कोरोना अपडेट: अमेरिकामा मृतकको संख्या १ लाख नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १४ गते ८:३१
कोरोना अपडेट: अमेरिकामा मृतकको संख्या १ लाख नाघ्यो
corona

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ। यो समाचार तयार गर्दासम्म अमेरिकामा कोरोनाको कारण १ लाख ५ सय ७२ जना मानिसले ज्यान गुमाएका छन्।

बितेको २४ घण्टामा अमेरिकामा १९ हजार ४९ जना मानिसमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १७ लाख २५ हजार २ सय ७५ पुगेको छ ।

त्यस्तै हालसम्म अमेरिकामा कोरोना उपचारपछि ४ लाख ७९ हजार ९ सय ६९ जना निको भएर घर फर्किएका छन्।

संक्रमितमध्ये १७ हजार १ सय ५८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ। बितेको २४ घण्टामा मात्र कोरोनाको कारण त्यहाँ ७ सय ७४ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३ लाख ५२ हजार २ सय २५ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ भने ५६ लाख ८४ हजार ७ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै, कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या २४ लाख ३० हजार ५ सय ९३ पुगेको छ ।

प्रकाशित : २०७७ जेठ १४ गते ८:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI