No ads found for this position

नवलपुरमा ५०० शैयाको आइसोलेसन निर्माण गर्न सांसद गौतमको माग

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १४ गते ८:५२
No ads found for this position
नवलपुरमा ५०० शैयाको आइसोलेसन निर्माण गर्न सांसद गौतमको माग
No ads found for this position

गण्डकी प्रदेश प्रदेश सभाको मंगलबार सम्पन्न बैठकको विशेष समयमा बोल्दै सांसद ओमकला गौतमले कोभिड-१९ को संक्रमणबाट आउन सक्ने भयाबह परिस्थितिको आंकलन गर्दै नागरिकको स्वास्थ्य रक्षाका लागी नवलपुरमा ५०० बेडको आईसोलेसन निर्माण गर्नुपर्ने र मध्यबिन्दु जिल्ला अस्पताललाई आईसियु युक्त बनाउन विशेष बजेटको ब्यवस्था गर्न जोडदार माग गरेकी छन।

नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलकी सचेतक समेत रहेकी गौतमले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,पत्रकारको तुरुन्त कोरोना बीमा गर्न पनि माग गरिन।

गौतमले एक घर एक पीसीआर जाँच र राहतको सट्टा रोजगार अनि प्रत्येक स्थानीय तहमा खाद्यान्न भण्डार खडा गर्नुपर्ने माग गरिन्। कम्तिमा परिवारमा एक जनाको परीक्षण गरे जोखिम अनुमान लगाउन सकिने उनको भनाई थियो।

गौतमले विशेष समयमा बोल्दै पोखरामा बसेर कोरोना फ्रि छौं भनेर खुसी हुनुको कुनै तुक नरहेको दाबी गरिन। केहि दिन अघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुक्तिनाथको आशिर्वादले गण्डकी प्रदेशले कोरोना रोकथाम गर्न सफल रहेको प्रतिक्रिया दिएका थिए।

‘के मुक्तिनाथ र पशुपतिनाथले नै बचाउने हुन् त हाम्रो प्रदेशका जनतालाई? लकडाउनलाई व्यवस्थित बनाउन जरुरी छ, गर्न मिल्ने काम सामाजिक दूरी कायम गरेर सुरु गर्नुपर्छ,’ उनले भनिन्, ‘प्रत्येक स्थानीय तहमा व्यवस्थित क्वारेन्टिन बनाइयोस्।’ सांसद ओमकला गौतमले लकडाउनमा पनि कृषि उद्योग सञ्चालन गर्नुपर्ने माग गरिन्। मङ्गलबारको बैठकमा कडा रुपमा प्रस्तुत भएकि गौतमले लकडाउनको अबधी बढ्दै जादा कृषकले फलाएको उब्जनी माटोमा मिल्न पुगेको अवस्थामा कृषकको मनोबल गिर्न नदिन विशेष योजना ल्याउन उनले माग गरेकी हुन ।

प्रकाशित : २०७७ जेठ १४ गते ८:५२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI