झापामा १७ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १४ गते १४:३८
झापामा १७ जनामा कोरोना संक्रमण पुष्टि
corona

बुधबार झापामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार दिउँसो १७ जनाको नतिजा पोजेटिभ आएको अस्पतालका मेसु डा.संगिता मिश्राले जानकारी दिनुभयो।

कोरोना संक्रमण पुष्टिबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने औपचारिक जानकारी गराएको छैन। संक्रमितमध्ये झापा केचनाकवल गाउँपालिकाका १५ र गौरादहका २ जना रहेका छन्।

यो सँगै प्रदेशमा संक्रमितको संख्या १०४ पुगेको छ, भने यस अगाडी २६ जना डिस्चार्ज भईसकेका छन्।

कोभिड–१९ उपचार केन्द्र व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार आज थप चार जना डिस्चार्ज हुँदैछन् । गोरखापत्रबाट

प्रकाशित : २०७७ जेठ १४ गते १४:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI