No ads found for this position

कोरोना अपडेट: रौतहटमा ३५ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १४ गते १४:४७
No ads found for this position
कोरोना अपडेट: रौतहटमा ३५ जनामा कोरोना संक्रमण पुष्टि
corona
No ads found for this position

रौतहटमा बुधबार फेरि ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जिल्लाको गौर, देवाही गोनाही, ईशनाथ, कटहरिया र गढिमाई नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् ।

सङ्रक्रमित ३५ जनामध्ये गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाही गोनाही नगरपालिकामा दुई, कटहरिया नगरपालिकामा दुई र गढीमाई नगरपालिकामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभएको छ ।

सङ्क्रमण पुष्टि भएका सबैजना हालै भारतको विभिन्न सहरबाट रौतहट आएको समेत प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो। 

सङ्क्रमित सबैजना सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसिरहेका छन्। सङ्क्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ। केही दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक हजार ११२ जनाको स्वाब सङ्कलन गरी परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएकोमा बुधबार ३५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण साहले बताउनुभयो ।

यसअघि मङ्गलबार मात्रै विभिन्न नगरपालिकामा गरी २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो। योसँगै रौतहटमा सङ्क्रमित हुनेको सङ्ख्या १०५ पुगेको छ।
जिल्लामा ३५ जना सङ्क्रमित फेला परेको प्रजिअ घिमिरेले पुष्टि गरे पनि स्वास्थ्य मन्त्रालयले यसबारे अझै केही भनेको छैन। गोरखापत्रबाट

प्रकाशित : २०७७ जेठ १४ गते १४:४७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI