No ads found for this position

पुलमा दुई ट्रक ठोक्किएसँगै नारायणगढ-मुग्लिङ सडक अवरूद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते १०:११
No ads found for this position
पुलमा दुई ट्रक ठोक्किएसँगै नारायणगढ-मुग्लिङ सडक अवरूद्ध
No ads found for this position

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ तुइनखोला पुलमा दुई सवारी साधन आपसमा ठोक्किँदा सवारी अवरुद्ध भएको छ।

बिहीबार बिहान ७ बजे नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना ८ ख १५५२ नम्बरको टेलर आपसमा ठोक्किँएका हुन्। दुर्घटनामा एकजना चालक घाइते भएका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ। दुर्घटनाका कारण नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सामान लोड भएको ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

फसेका सवारी साधन निकाल्नका लागि चितवनबाट क्रेन मगाइएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए। नेपालखबरबाट

प्रकाशित : २०७७ जेठ १५ गते १०:११
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI