अवरुद्ध नारायणगढ मुग्लिङ सडक खण्ड सन्चालनमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते १४:१०
अवरुद्ध नारायणगढ मुग्लिङ सडक खण्ड सन्चालनमा

मुग्लिन । अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना–६ अन्तर्गत ३ नम्बर पुलमा दुई ट्रक एकापसमा ठोक्किँदा अवरुद्ध भएको सो सडकखण्ड करिब तीन घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना८ख १९५२ नंको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९१२२ नंको ट्रक एक आपसमा ठोक्किँदा बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको थियो । अहिले सडक दुवैतर्फ सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ जेठ १५ गते १४:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI