रुकुम घटनाको दोषीलाई हदै सम्मको कार्वाहीको माग गर्दै नवलपुरमा ज्ञापनपत्र बुझाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते १५:२२
रुकुम घटनाको दोषीलाई  हदै सम्मको कार्वाहीको माग गर्दै नवलपुरमा ज्ञापनपत्र बुझाईयो

कावासोती । संयुक्त दलित संघर्ष समिति नवलपुरले रुकुम घटानका दोषीलाई तत्काल कारवाही गर्न माग गर्दै बिहिबार प्रधानमन्त्री , गृहमन्त्री र जिल्ला प्रसाशन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रशाशन कार्यालय नवलपुर मार्फत बुझाईएको ज्ञापन पत्रमा २१ औं शताव्दीको बैज्ञानिक युगमा पनि जातीयता को आधारमा मानिसको हत्या गरिनु निन्दनीय कार्य भएको उल्लेख गरिएको छ । “अत्यन्त क्रुर र अमानविय जातीय भेदभावको कारणले भएको हत्याप्रति घोर भत्सर्ना गर्दै हदैसम्मको कानुनी कारवाहीको माग गर्दै मृतकलाइृ सास्कृतिक शहिद घोषणा गर्न जोडदार माग गर्दछौं ।” ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

संयुक्त दलित संघर्ष समितिका अध्यक्ष बागवीर सुनार , नेपाल दलित मुक्रिमोर्चाका केन्द्रीय सदस्य नेत्रबहादुर सुनार , विश्वकर्मा समाज राष्ट्रिय महासंघकी केन्द्रीय सदस्इ रत्नामाया विश्वकर्मा , मुक्रि समाज नवलपुरका अध्यक्ष बाबुराम विश्वकर्मा , नेपाल दलित संघ नवलपुरका अध्यक्ष प्रेमबहादुर विश्वकर्मा , देबचुली दलित युवा समाजका अध्यक्ष राकेश वि.क. र राष्ट्रिय दलित पत्रकार संघ नवलपुरका अध्यक्ष गोविन्द नेपालीले हस्ताक्षर गरि बुझाईएको ज्ञापन पत्रमा घटनामा संलग्न वडाध्यक्ष लगायतलाई कारवाहीको माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले आफुले तत्काल सम्वन्धित निकायमा ज्ञापन पत्र पठाइदिन भन्दै घटनाका दोषीमाथी कारवाही हुने बताउनुभयो । गत शनिवार गहिरो प्रेम सम्बधमा रहेका जाजरकोटका नवराज वि.क. ले रुकुमकी सुस्मा मल्ललाई लिन जाँदा उनिहरुमाथी सांघातिक हमला भएको थियो । सो क्रममा विक सहित टिकाराम सुनार , र गणेश बुढामगरले ज्यान गुमाएका थिए । अरु चार जना अझैपनि वेपत्ता छन् ।

प्रकाशित : २०७७ जेठ १५ गते १५:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI