नेपालमा ६० हजार ६ सय ९६ को पिसिआर परिक्षण सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते १५:२७
नेपालमा ६० हजार ६ सय ९६ को पिसिआर परिक्षण सम्पन्न

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय १९ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। 

नेपालमा हालसम्म १ लाख ६२ हजार ७ सय ३० जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ६० हजार ६ सय ९६ जनाको पिसिआर र १ लाख २ हजार ३४ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। 

नेपालमा हाल कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। जसमध्ये १ सय ८७ जना उपचारपछि डिस्जार्च भएका छन्। कुल संक्रमितमध्ये ९ सय ४० पुरुष र १ सय २ जना महिला रहेको मन्त्रालयले जनाएको छ।

कोरोना प्रभावित जिल्लाको संख्या ५१ पुगेको छ। मुलुकभर हाल ८ सय ५० अस्पतालको आईसोलेसन र ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्यखबरबाट

प्रकाशित : २०७७ जेठ १५ गते १५:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI