रुकुम घटनाको दोषीहरुलाई हदै सम्मको कार्वाहीको माग गर्दै कावासोतीमा युवाहरुको प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते २०:२२
रुकुम घटनाको दोषीहरुलाई हदै सम्मको कार्वाहीको माग गर्दै कावासोतीमा युवाहरुको प्रदर्शन

कावासोती । रुकुम घटनाका दोषीहरुलाई हदै सम्मको कार्वाहीको माग गर्दै “साथ सबैको अभियान” कावासोतिले आज शान्तिपुर्ण बिरोध प्रदर्शन गरेको छ । मृतकको आत्मशान्तिका लागी मौन धारण गरेर कावासोतिमा सुरु गरिएको बिरोध कार्यक्रममा “जातिय भेदभाव अन्त्य गर,दोषिलाइ कारबाही गर,छुवाछुत प्रथा ब्यवहारबाटै परिवर्तन गरौ ” सहितका नारा र पम्प्लेट सहित प्रदर्शन गरिएको थियो ।


बिरोध कार्यक्रममा बोल्दै “साथ सबैको” अभियानका संयोजक आर.सि.भट्टराईले छुवाछुत प्रथा हटाउन सबै एक ठाउँमा उभिनु पर्ने भन्दै पिडितले न्याय र पिडकले सजाय नपाउदा सम्म बिरोध र खबरदारिको कार्यक्रम जारी राख्ने बताए । कार्यक्रममा “साथ सबैको” अभियानका अभियन्ता तथा अन्य सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।


प्रेमिकासँग विवाहा गर्न साथीहरु सहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका -८ सोतिमा पुगेका नवराज बिक सहित युवाहरूको समुहलाई स्थानीयले आक्रमण गरेका थिए । स्थानीयको आक्रमण बाट बच्न नदिमा हाम फालेका नवराज बिक सहित ५ जनाको मृत्यु भएको छ ।

यो पनि हेर्नुहोस ।

बिनयी त्रिबेणिमानै आईसोलेसन निर्माणको योजनामा छौ : अध्यक्ष जि.सि.

एक जना नागरिक संक्रमित हुँदा आईसोलेसन खोज्दै ३ घण्टा एम्बुलेन्समै घुम्नुपर्ने समस्या भोगिसकेको पालिकाले बिकल्पमा के गर्दैछ ? भारतबाट आउने नागरिकको संख्या वृद्धि भए सङ्गै क्वारेन्टाइनलाई कसरी ब्यवस्थापन गरिदैछ ? नवलपुर टाईम्सको यि र यस्तै सवालको जवाफ दिनुहुदै बिनयी त्रिबेणि गाउँपालिकाका अध्यक्ष :डम्बर बहादुर जि.सि. ।

Nawalpur Times यांनी वर पोस्ट केले गुरुवार, २८ मे, २०२०

प्रकाशित : २०७७ जेठ १५ गते २०:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI