आइ एम इ इन्स्योरेन्सको सहयोगमा ट्रस्ट मार्फत बिपन्नलाई खाद्यान्न हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते २१:०४
आइ एम इ इन्स्योरेन्सको सहयोगमा ट्रस्ट मार्फत बिपन्नलाई खाद्यान्न हस्तान्तरण

नारायण प्रभु ,जेठ १५

नवलपुर पुर्वी नवलपरासीको मध्यबिन्दु ३ का अति बिपन्न १५  घरपरिवारलाई खाद्यान्न बितरण गरिएको छ। मध्यबिन्दु ३ लेडामा आयोजना गरिएको कार्यक्रममा आइ एम इ लाइफ इन्स्योरेन्स कम्पनीका कावासोती ब्रान्चमा कार्यरत अभिकर्ताहरुको सहयोगमा संकलन  गरिएको खाद्यान्न मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट मार्फत समुदायमा हस्तान्तरण गरिएको हो।नगरलापलिकाले बितरण गरेको राहत लिन छुटेका र दैनिक ज्याला मजदुरी गरि परिवारको गुजारा चलाउनु पर्ने बध्यतामा रहेका अति बिपन्न परिवारलाई गरेको सहयोगप्रती दुबै संस्थालाई  आजका प्रमुख अतिथी मध्यबिन्दु नगरपालिकाका उपमेयर ओम कुमारी महतोले धन्यवाद व्यक्त गर्नु भयो।

बिनयी त्रिबेणिमानै आईसोलेसन निर्माणको योजनामा छौ : अध्यक्ष जि.सि.

बिनयी त्रिबेणिमानै आईसोलेसन निर्माणको योजनामा छौ : अध्यक्ष जि.सि.

एक जना नागरिक संक्रमित हुँदा आईसोलेसन खोज्दै ३ घण्टा एम्बुलेन्समै घुम्नुपर्ने समस्या भोगिसकेको पालिकाले बिकल्पमा के गर्दैछ ? भारतबाट आउने नागरिकको संख्या वृद्धि भए सङ्गै क्वारेन्टाइनलाई कसरी ब्यवस्थापन गरिदैछ ? नवलपुर टाईम्सको यि र यस्तै सवालको जवाफ दिनुहुदै बिनयी त्रिबेणि गाउँपालिकाका अध्यक्ष :डम्बर बहादुर जि.सि. ।

Nawalpur Times यांनी वर पोस्ट केले गुरुवार, २८ मे, २०२०

ट्रस्टको तर्फबाट सदस्य आस्था श्रेष्ठले ट्रस्टको स्थापना र आजसम्म गरेका कामका बारेमा जानकारी गराउनु भयो भने ट्रस्टका संरक्षक लालचन श्रेष्ठले अहिले सम्म कावासोतीमा मात्र सिमित भएको राहतलाई आवश्यकता अनुसार कार्यबिस्तार गर्दै जाने क्रममा आज मध्यबिन्दुमा बितरण गरिएको र सहयोगि दाताहरुबाट सहयोग जुटाउदै अब देशैभरी यस्ता कार्यक्रमहरु लैजाने तयारी समेत भएको जानकारी दिनुभयो।

इन्स्योरेन्सका तर्फबाट कावासोतिका ब्रान्च मेनेजर गगन कुमार न्यौपानेले इन्स्योरेन्स कम्पनीले जहिले पनि मानिसहरूको हित र सुरक्षाको निमित्त काम गर्ने भएकाले अहिलेको यो विषम परिस्थितिमा ज्याला मजदुरी गरेर गुजारा चलाइरहेका अति बिपन्न परिवारलाई ट्रस्टसँग सहकार्य गरी थोरै भएपनी सहयोग गर्न पाएकोमा आफुहरु अत्यन्तै खुशी भएको बताउनु भयो।अन्य क्षेत्रमा पनि राहतको आवश्यकता परे आफुहरुले सहकार्य गर्न सकिने उहाँले जानकारी दिनुभयो।कार्यक्रमका सभापति मध्यबिन्दु ३ का अध्यक्ष अमर बहादुर महतोलाई ट्रस्टले सम्पुर्ण खाद्यान्न हस्तान्तरण गरि उहाँ मार्फत नै समुदायलाई बितरण गरिएको छ। कार्यक्रममा नेपाली काङ्ग्रेसका संस्थापक जिल्ला सभापति पुर्णचन्द्र नेपाल, मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टका संस्थापक एवं समाजसेवी श्याम श्रेष्ठ,कावासोती ६ का अध्यक्ष हेमु बिक्रम पाण्डे, आइ.एम.ई. इन्स्योरेन्स कम्पनिका एजेन्सी मेनेजर अमित भन्डारी, एम.डि.कंडेल,गोकुल कंडेल, प्रवीण पौडेल, राम प्रसाद ज्ञवाली वडा प्रतिनिधि लगाएत स्थानीयको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजीकरण सुवास नेपालले गर्नुभएको हो।

पछिल्लो समय मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टले सामाजिक कार्यमा अग्रसरता देखाएपछि देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ।यदि कसैले पनि ट्रस्ट मार्फत समुदायमा सहयोग गर्न चाहनु हुन्छ भने संरक्षक लालचन श्रेष्ठको मोबाइल नम्बर ९८५७०४०८९० मा वा ट्रस्टको फेसबुक पेज “मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट” मार्फत सम्पर्क गर्न सकिने ट्रस्टले जनाएको छ

प्रकाशित : २०७७ जेठ १५ गते २१:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI