सबै राष्ट्रसेवक कर्मचारीको १ लाखको कोरोना बिमा निःशुल्क

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १६ गते ७:२३

कोराेनाको अग्रपङ्क्तिमा बसेर काम गर्ने सबै राष्ट्रसेवकको निम्ति एक लाखसम्मको कोराेनाको बिमा निःशुल्क गरिएकाे छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज सङ्घीय संसदकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै साे जानकारी दिनुभएकाे हाे ।

त्यसैगरी, सरकारी निकाय तथा संस्थानमा कार्यरत सबै स्थायी, अस्थायी तथा करारमा कार्यरत कर्मचारीको पनि निशुल्क कोरोनाको बिमा गरिएको छ ।

साथै, अस्थायी तथा करारमा रहेका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गराइनेछ । गोरखापत्रबाट

प्रकाशित : २०७७ जेठ १६ गते ७:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI