No ads found for this position

देवचुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १६ गते ७:३२
No ads found for this position
देवचुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि
corona
No ads found for this position

नवलपुर : नवलपुरको देबचुलीमा फेरि २ जना कोरोना संक्रमित थपिएका छन् । उनिहरु देवचुली न.पा. १५ र ११ वस्ने बर्ष २१ र वर्ष १९ का पुरुष रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । अस्पतालको आधिकारिक फेसबुक पेजमा उल्लेख भए अनुसार उनीहरु गत जेष्ठ १० गते भारतवाट आई देवचुली न.पा. को क्वारेनटाईनमा बसेका ब्यक्ती हुन् । साथै उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मिको निगरानीमा रहेको जानकारी प्राप्त भएको अस्पतालले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईंले संक्रमण पुष्टि भएकाहरुलाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखेर उपचार गरिने बताए । उनले बुधबार पठाएको स्वाब मध्यबाट एकजना र बिहीवार पठाईएको स्वाब मध्यबाट एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । बुधबार र बिहिवार पठाईएका स्वाब मध्य अझै आधा भन्दा बढिको नतिजा आउन बाँकी छ । यो संगै नवलपुरमा संक्रमित हुनेको संख्या ६ पुगेको छ । 

प्रकाशित : २०७७ जेठ १६ गते ७:३२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI