अनलाइनलाई लोक कल्याणकारी विज्ञापन दिईने

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १६ गते ७:४७
अनलाइनलाई लोक कल्याणकारी विज्ञापन दिईने

सरकारले अगामी वर्षसम्म फाइबर टु होमबाट सबै स्थानमा इन्टरनेट पुर्याउने र आगामी वर्ष देशभरि फोर-जी सेवा पुर्याइने बताइएको छ। सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने र नेपाल टेलिभिजनलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने अर्थमन्त्री खतिवडाले बजेटमा सार्वजनिक गर्नुभएको छ।

उहाँले पत्रकार बिमालाई निरन्तरता दिने बताउनुभएको छ। अनलाइनबाट समेत लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरिने भएको छ। प्रत्येक प्रदेशमा चलचित्र छायाङ्कन गर्ने र चलचित्र विकास बाेर्डलाई भवन निर्माणका लागि रकमको व्यवस्था गरिएको उहाँले बजेट भाषणमा उल्लेख गर्नुभएको छ। गोरखापत्रबाट

प्रकाशित : २०७७ जेठ १६ गते ७:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI