१० युनिटसम्मको बिजुलीको महशुल निःशुल्क

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १६ गते ८:०६
१० युनिटसम्मको बिजुलीको महशुल निःशुल्क

सरकारले घरायसी साना उपभोक्तालाई दृष्टिगत गरेर १० युनिटसम्म बिजुलीको मासिक शुल्क निःशुल्क गर्ने भएको छ।

बाँकी २५० युनिटसम्मका प्रयोगकर्तालाई पनि विद्युत महशुलमा छुटको व्यवस्था गर्ने अर्थमन्त्री युवराज खतिवडाले बताए।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य मार्फत अर्थमन्त्री खतिवडाले मासिक १० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निःशुल्क व्यवस्था मिलाउने घोषणा गरेका हुन्।

उनले १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत महशुल छुट दिइने व्यवस्था मिलाउने पनि बजेट मार्फत बताएका छन्। हिमालखबरबाट

प्रकाशित : २०७७ जेठ १६ गते ८:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI