No ads found for this position

बिदेशबाट फर्किएका जनशक्ति प्रयोग गरि आत्मनिर्भर प्रदेश बनाउने योजना आओस : सांसद लामिछाने

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १६ गते १५:२९
No ads found for this position
बिदेशबाट फर्किएका जनशक्ति प्रयोग गरि आत्मनिर्भर प्रदेश बनाउने योजना आओस : सांसद लामिछाने
No ads found for this position

कावासोती: गण्डकी प्रदेश सभाका सदस्य बिष्णु प्रसाद लामिछानेले गण्डकी सरकारले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकतामा प्रदेशलाई आत्मनिर्भर बनाउने ठोस योजना हुनुपर्नेमा त्यस्तो कहि कतै नदेखिएको भन्दै बिदेशमा काम गरिरहेका जनशक्ति देश फर्कने क्रम बढिरहेको अवस्थालाई अबसरका रुपमा प्रयोग गर्दै गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउने खालको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन ।

नेपाली काङ्ग्रेस नवलपुरका सभापती समेत रहेका लामिछानेले सुकुम्वासीहरुका समस्याका बारेमा पनि कहि कतै उल्लेख नहुनु निकै दुखद् भएको बताएका छन् । उनले सरकार सुकुम्वासी प्रति अनुदार देखिएको आरोप लगाए । गण्डकी सरकारका अर्थमन्त्री किरण गुरुङ्गले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बिहिबार आफ्नो टिप्पणी राख्दै सांसद लामिछानेले सुकुम्वासी समस्या समाधान गर्ने , उनिहरुको व्यवस्थापन गर्ने लगायतका बारेमा सरकार मौन रहेको आरोप लगाए । उनले भने,“प्रदेशमा सुकुम्वासीहरुको समस्या विकराल छ , त्यस बारेमा सिद्धान्त र प्राथमिकतामा कहिँ कतै उल्लेख नहुनु दुखको बिषय हो ।

” लामिछानेले सुकुम्वासीहरुको समस्या समाधान गर्ने बारे सिद्धान्त र प्राथमिकता नबोलेकाले तत्काल त्यसलाई संबोधन गर्न माग गरे । लामिछानेले गण्डकी सरकारले मजदुर र किसानहरुका बारेमा समेत ठोस कार्यक्रम ल्याउन नसकेको बताए । “मजदुरहरु किसानहरुका बारेमा ठोस कार्यक्रम छैन , उनिहरुलाई प्रत्यक्ष लाभ हुने गरि कुनै कार्यक्रम ल्याईएको छैन । यो निकै अमुर्त छ ।” लामिछानेले भने । उनले थपे,“ किसानलाई उत्पादनशिल बनाउन आबश्यक छ , उनिहरुको उत्पादनको वजारीकरणको खाँचो छ , त्यसबारेमा सरकार मौन रहेको छ ।” यसलाई तत्काल सच्च्याएर अघि बढ्न उनले माग गरे ।

उनले माटो परिक्षण गरेर जहाँ जे उत्पादन हुन्छ सोहि अनुसार कार्यक्रम ल्याउनुपर्नेमा त्यो बारेमा कहिँ कतै उल्लेख नभएको बताए । लामिछानेले अहिले धेरै नेपाली मजदुरहरु भारतबाट फर्किएको भन्दै उनिहरुको व्यवस्थापनका बिषयमा सिद्धान्त र प्राथमिकतामा कहिँ कतै उल्लेख नभएको प्रती आपत्ती प्रकट गरे । मजदुरहरुको उचित व्यवस्थापन, उनिहरुको पारिश्रमिकता लगायतका बिषयमा पनि सरकार बोल्नु पर्ने लामिछानेको भनाई थियो ।

लामिछानेले बालमैत्रीका कुरालाई समेत प्राथमिकतामा राख्न नसक्नुले गण्डकी सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता आफैमा अलमलमा परेको बताए । उनले कोरोना बिरुद्धको लडाईमा काँग्रेसले सरकारलाइ साथ दिने भन्दै प्रदेशमा परिक्षणको दर बढाउनु पर्ने , संक्रमितहरुको उचित उपचार हुनुपर्ने , राम्रो क्वारेण्टाईनको व्यवस्था हुनुपर्ने लगायतका कुरामा जोड दिए । उनले नेपाली काङ्ग्रेसले रुकुमको घटनाको भत्सर्ना गर्दछ भन्दै दोषी माथी कडा कारबाहिको माग गरे । गण्डकी सरकारले जेठ १८ गते निति तथा कार्यक्रम र असार १ गते बजेट प्रस्तुत गर्दैछ ।

प्रकाशित : २०७७ जेठ १६ गते १५:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI