रुकुम घटनाका दोषीलाई हदै सम्मको कार्वाहीको माग गर्दै गैंडाकोटमा बुझाईयो ज्ञापनपत्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १६ गते १७:०३
रुकुम घटनाका दोषीलाई हदै सम्मको कार्वाहीको माग गर्दै गैंडाकोटमा बुझाईयो ज्ञापनपत्र

गैंडाकोट/ सुजन अधिकारी

नेपालको संविधानमा सबैखाले विभेदको अन्त्य भएको घोषणा भए पनि राज्य र समाज ले नै दलित माथी थिचोमिचो गरिरहेको शुक्रवार गैंडाकोटमा भएको कार्यक्रम मा दलित अगुवा हरुले बताएका छन् । अन्तरजातीय प्रेमका विषयमा रुकुमपश्चिम चौरहजारी नगरपालिका वार्ड नम्बर ८ सोतीमा भएको घटनालाई राजनीतिक संरक्षण नदिई निष्पक्ष अनुसन्धान गरी दोषीलाई हदै सम्मको कानुनी कारवाही गर्न र पुर्णतः दलित हिंसा बन्द गराउन माग गर्दै दलित एकता समाज गैंडाकोट १-९ वडा र सुनचाँदी व्याबसयी संघ गैंडाकोटले आज गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
रुकुमका कथित उपल्लो जातकी युवती र दलित समुदायका युवकबीचको प्रेम सम्बन्ध लाइ लिएर केटी पक्षको आक्रमण हुँदा पाँच जना दलित युवा को मृत्यु भएको थियो । जेठ १० गते प्रेमिका लिन साथीहरुसहित नवराज विक रुकुम चौरहजारी सोती पुगेका थिए । तर स्थानीयको आक्रमणमा परी नवराज र उनीसँगै गएका पाँच जनाको मृत्यु भएको छ भने एक अझै बेपत्ता छन् । दलित हकहित र अधिकारका लागि काम गर्ने दुबै संस्था ले संयुक्त रुपमा गैंडाकोट को भिर्कुटीचोक बाट जातिय भेदभाव छुवाछूतको अन्त्य गर, हत्यारालाई हदै सम्म कारबाही गर, दलित हकहित को ग्यारेन्टी गर जस्ता शब्द लेखिएको ब्यानर तथा प्लेकार्ड सहित महेन्द्र राजमार्ग हुँदै गैंडाकोट नगरपालिकामा पुगि कोणसभामा मा परिणत भएको थियो । कोणसभा भए लगत्तै ज्ञापनपत्र बुझाएका उनीहरुले राज्यको विभेदकारी नीति तथा अमानविय सामाजिक संरचनाको कारणले दलित समुदायको शक्ति संरचनामा प्रतिनिधित्व र पहुँच निकै कम रहेकाले मृतक नवराज विक र उनका साथीहरूलाई गलत देखाउने मनसायले विभिन्न खालका जालसाजी गरी गलत ब्याख्या गर्न खोजिएको मा आपत्ति जनाउदै उनीहरुले घटनामा राजनीतिक संरक्षणको आशंकासमेत व्यक्त गरेका छन् । घटनाको प्रकृति हेर्दा यो अमानवीय तथा कलंकको रुपमा रहेको जातीय छुवाछुतको आधारमा भएको घटना हो भन्ने प्रष्ट देखिन्छ हामी रुकुम घटनाको स्वतन्त्र र निश्पक्ष छानविन गरी घटनामा संलग्न लाई कानुनी दायाराभित्र ल्याई कानुनी कारबाहीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं कार्यक्रम सम्योजक देब बहादुर बिश्वकर्मा ले भनेका छन् । कानुनले नै जातीय विभेद र छुवाछुतलाई बन्देज गरेपनि आधुनिक समाजमा जातका नाममा छुवाछुतजन्य घटना हुनु मानवजातीकै लागि लज्जाको विषय भएको दलित अधिकारकर्मी तथा जिल्ला संवन्मयन समिती सदस्य शारदा बिश्वकर्मा ले बताएकी छन ।

प्रकाशित : २०७७ जेठ १६ गते १७:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI