गैंडाकोटमा सर्वपक्षीय छ्लफल सम्पन्न : कोरोना नियन्त्रणमा ५२ लाख ६९ हजार ४ सय ९४ खर्च

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १६ गते १८:३७
गैंडाकोटमा सर्वपक्षीय छ्लफल सम्पन्न : कोरोना नियन्त्रणमा  ५२ लाख ६९ हजार ४ सय ९४ खर्च
?????????????????????????????????????????????????????????

सुजन अधिकारी/गैंडाकोट

विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरस (COVID19) को सन्दर्भमा नेपाल भर नै लकडाउन को अबस्थामा रहेको छ । यसै गरि नेपाल सरकार देखि स्थानीय निकायले समेत कोरोना भाइरस बाट बच्न विभिन्न उपाय वा सतर्कता सम्बन्धि क्रियाकलापहरु गरि रहेका छन् ।

यसैगरी लकडाउन पछिको विषम परिस्थितिमा गैंडाकोट नगरपालिकाले गरेका कार्यहरुको जानकारी र आगामी दिनमा भैपरि आउने समस्या र तयारीका विषयमा गैंडाकोट नगरपालिकाले शुक्रवार सर्वदलिय एवं सर्वपक्षिय बैठकको आयोजना गरेको हो ।

गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलको अध्यक्षतामा भएको सो बैठक नगरले आव्हान गरेको राहत कोषमा भएको आम्दानी, यस अवधिमा राहतकोषबाट भएको खर्च, नगरमा संचालित क्वारेन्टाईनका विषयमा जानकारी र स्वास्थ्य तथा शिक्षाका विषयमा उठेका गुनासा एवं प्रश्नहरुको जवाफ दिने लगायता अन्य विषयहरुमा छलफल भएको थियो ।

सर्वदलिय बैठकमा नगरपालिकाले आव्हान गरेको राहत कोषमा अहिलेसम्म ७३ लाख ५७ हजार १ सय ९९ जम्मा भएको र सो कोषबाट हालसम्म ४३ लाख ६७ हजार ४ सय ८५ रुपियाँ खर्च गरिएको जानकारी गराईएको थियो ।

यसैगरि बैठकमा वडा नं. १, २, ६, १३ र १८ को बजेटवाट कुल ९ लाख १७ हजार ९ रुपियाँ रकमान्तर गरि विभिन्न वडामा राहत वितरण गरिएको जनाइएको थियो । राहत कोष तथा वडाको रकमान्तर गरिएको बजेट समेत गरि नगरपालिकाले कुल ५२ लाख ६९ हजार १ सय ९४ रुपियाँ खर्च गरेको नगर पालिकाले जनाएको छ ।

यसैगरि बैठकमा नगरपालिका ले अहिलेसम्म आर डि टी मार्फत १७० जना र पिसिआर मार्फत ६५ जनाको कोरोना परिक्षण गरिएको जनाएको छ । नगरमा हालसम्म लक्ष्मी मा बी अमरापुरी, मुकुन्दसेन कवर्ड हल, जनशक्ति नि. मा. बि. बेल्डिहा,नारायणि मा वि. गैडाकोट र नेपाल राष्ट्रिय आदर्श शमसेर मा बि गैंडाकोटमा क्वारेन्टाइन बनाइएको र त्यसको कुल क्षमता १२० शैया रहेको जनाइएको थियो ।

कार्यक्रममा गैंडाकोट नगरपालिका उप मेयर विष्णुकुमारी कंडेल, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, प्रशासकीय अधिकृत लिलाधर शर्मा, सशस्त्र प्रहरी नायव उपरीक्षक भानुभक्त लम्साल, डा.रमेशप्रसाद आचार्य, जनस्वास्थ्य अधिकृत झलकराज पौडेल, ईलाका प्रहरी प्रमुख चन्द्रबहादुर थापा,नेकपा नगर अध्यक्ष षडानन्द लामिछाने, नेकाका नगरसभापति तारापती खरेल लगायतको उपस्थितिमा उक्त सर्वदलीय बैठक एवं सर्बपक्षिय सप्पन्न भएको थियो ।

प्रकाशित : २०७७ जेठ १६ गते १८:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI