भ्याक्सिन बनेपनि कोरोना भाइरस समाप्त हुन कठिन

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १७ गते १२:२७
भ्याक्सिन बनेपनि कोरोना भाइरस समाप्त हुन कठिन

१७ जेठ। कोरोना भाइरसमाथि नियन्त्रण पाउनका लागि पूरै विश्व लागिपरेको छ । कयौँ देशका वैज्ञानिकहरु भाइरसको भ्याक्सिन बनाउनमा जुटेका छन्, तर यसैबीच वैज्ञानिकहरुका तर्फबाट एउटा रिपोर्ट आएको छ, जसले मानिसहरुलाई झनै सोच्न बाध्य बनाएको छ ।

वैज्ञानिकहरुका अनुसार, भ्याक्सिन बनेपनि कोरोना भाइरस समाप्त नहुन पनि सक्ने बताइएको छ ।

वाशिंगटन पोस्टमा प्रकाशित रिपोर्टका अनुसार, महामारी रोगका बीच कोभिड–१९ लामो समयसम्म कायम रहनु अमेरिकाको आगामी चरणको महामारीको अनुसन्धानका लागि महत्वपूर्ण हुने विशेषज्ञहरुले बताएका छन् ।

विशेषज्ञहरुका अनुसार, समग्र अनिश्चितताका बीच कोरोना भाइरस केही चीजमा बाँचिरहने छ, जसलाई हामी भविष्यमा गन्न पनि सक्नेछौँ ।

शिकागो विश्वविद्यालयमा विकासवादी जीवनविज्ञानी र महामारी विशेषज्ञ सारा कोबेले भनिन्, यो भाइरस यहाँ लामो समयसम्म रहनेछ । अब प्रश्न यो छ कि, हामी योसँग कसरी सुरक्षित रहन सक्नेछौँ । उनका अनुसार, यस महामारीसँग लड्नका लागि लगातार प्रयास र राजनीतिक इच्छाशक्तिको आवश्यकता रहेको छ । मेरोलागानी File photo

प्रकाशित : २०७७ जेठ १७ गते १२:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI