कोरोना विश्व: ६१ लाख ५३ हजार संक्रमित, ३ लाख ७० हजारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १८ गते ७:०५
कोरोना विश्व: ६१ लाख ५३ हजार संक्रमित, ३ लाख ७० हजारको मृत्यु
corona

विश्वभर कोरोना संक्रमितको संख्या ६१ लाख ५३ हजार ३ सय ७२ पुगेको छ। वर्ल्डोमिटरले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख १६ हजार ८ सय २० जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ४ लाख ९८ हजार ४ सय ४०, रुसमा ३ लाख ९६ हजार ५ सय ७५, बेलायतमा २ लाख ७२ हजार ८ सय २६, स्पेनमा २ लाख ८६ हजार ३ सय ८, इटालीमा २ लाख ३२ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ७० हजार ८ सय ७० जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ १ लाख ५ हजार ५ सय ५७ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३८ हजार ३ सय ७६, इटालीमा ३३ हजार ३ सय ४०, ब्राजिलमा २८ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २७ लाख ३४ हजार ५ सय ४९ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्।

नेपालमा पनि १ हजार ४ सय ६० जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २ सय १९ जना संक्रमणमुक्त भइसकेका छन् भने ७ जनाको मृत्यु भएको छ।

प्रकाशित : २०७७ जेठ १८ गते ७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI