डडेलधुरामा क्वारेन्टाइनमा बसेका बालकको मृत्युु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १८ गते ११:३९
डडेलधुरामा क्वारेन्टाइनमा बसेका बालकको मृत्युु

डडेल्धुरामा क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका-३ का साढे छ वर्षीय बालक रहेका छन् । शनिबार राति १२ बजेतिर जिल्ला सदरमुकामनजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालककाे मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार आमाबाबुसँगै उहाँ भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुग्नुभएकाे थियाे । ‘उहाँहरू राति आउनुभएको हो । बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।’ डीएसपी न्यौपानेले भन्नुभयो, ‘हामीकहाँ फोन आयो, बालक गम्भीर बिरामी छ भनेर । यताबाट गाडी पठाएर अस्पताल पुर्याएका थियौँ ।’ डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको बताउनुभयो ।

उहाँका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो । ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उहाँले बताउनुभयो । यसअघि उहाँ मुम्बईस्थित एक अस्पतालमा उपचारत हुनुहुन्थ्याे । मृतकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ । उहाँको कोरोना परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन गरिने निमित्त मेसु विष्ट बताउनुभएको छ ।

प्रकाशित : २०७७ जेठ १८ गते ११:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI