संविधान संशोधन विधेयक संसदमा पेस

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १८ गते १२:११
संविधान संशोधन विधेयक संसदमा पेस

संविधानको निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश भएको छ। कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधि सभा बैठकमा विधेयक पेस गरेकी हुन्।विधेयक पेस भएसँगै अब सार्वजनिक जानकारीका लागि राजपत्रमा प्रकाशित हुनेछ। त्यस्तै संसद सचिवालयले गोरखापत्रमा पनि प्रकाशित गर्नेछ।  यसअघि पनि सरकारले संविधान संशोधनका लागि संसदको कार्यसूचीमा राखिएको भएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रिय समितिबाट संशोधनको पक्षमा निर्णय गर्ने बताएपछि संशोधनलाई कार्यसूचीबाट हटाइएको थियो।

प्रकाशित : २०७७ जेठ १८ गते १२:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI