No ads found for this position

गैँडाकोटमा विद्युत अवरूद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १८ गते १३:३८
No ads found for this position
गैँडाकोटमा विद्युत अवरूद्ध
सांकेतिक तस्बिर
No ads found for this position

प्रकाश भण्डारी। गैँडाकोट

बिहानदेखी परेको अविरल बर्षाको कारण गैँडाकोटको थुम्सीमा रूख ढल्न गई बिजुलीको पोल भाँचिएपछि गैंडाकोट क्षेत्रमा २ घण्टा देखि विद्युत अवरुद्ध भएको छ ।

गैंडाकोट थुम्सी क्षेत्रको डम्पिङ्ग साईड नजिकै जङ्गलमा रुख ढली पोल भाँचिएपछि बिद्युत सेवा अवरुद्ध हुन पुगेको नेपाल बिद्युत प्राधिकरण गैंडाकोट प्रशाखा प्रमुख सुजन रिजालले नवलपुर टाईम्सलाई जानकारी दिनुभयो।

फिल्डमा लाईन सुचारू गर्ने प्रयोजनार्थ तयारी हुँदै गरेको र पोल ठड्याउनका लागि क्रेनको आवश्कयता परेको हुँदा स्वयं रिजालनै क्रेन लिन गैँडाकोट १ मा पुगेको बताउनुभयो।

आधा घण्टा भित्र क्रेनको सहयोग लिई अस्थाई रूपमा लाईन सुचारू गर्ने तयारी रहेपनि पूर्ण रूपमा विद्युत सुचारू हुन र उक्त क्षेत्रको कार्य सम्पन्न गर्न बढिमा दुईघण्टा लाग्ने उहाँले बताउनुभयो।

प्रकाशित : २०७७ जेठ १८ गते १३:३८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI