कावासोती घटनाको दोषीलाई हदै सम्म कार्वाही गर्न महिला अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाको माग

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १८ गते १७:३१
कावासोती घटनाको दोषीलाई हदै सम्म कार्वाही गर्न महिला अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाको माग

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) कावासोती ८ निवासी ८२ बर्षिया यशोधा अधिकारीको मृत्युु प्रकरणमा सत्यतथ्य छानवीन गरि दोषीलाई कार्वाही गर्न महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाले माग गरेका छ्न ।

नेपाल महिला संघ क्षेत्र नं नवलपुरले  जेठ १७ गते कावासोतिमा घटेको घटना प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघकी क्षेत्रीय सभापति संगिता घिमिरेले आईतबार जारी गर्नु भएको प्रेस विज्ञप्तीमा कावासोती नगरपालिका वडा नं ८ मा ८३ बर्षीय जसोदा अधिकारी को मृत्यु प्रकरणले अत्यन्त दुखी बनाएको बताउँदै सो घटना के कसरी घटन् गएको हो सत्य तथ्य छानबीन गरि दोषी माथि कानुनी कारबाहीको लागि जोडदार माग गर्दछौं भनिएको छ ।

विज्ञप्तीमा संघकी क्षेत्रीय सभापति घिमिरेले एक बृद्धा महिला त्यो पनि आफनै घरमा कसरी मृत्यु हुन पुग्यो भन्ने आफै शंकाको घेरा भित्र रहेको बताउँदैं घटनामा बुहारी मीरा अधिकारीको संल्गनता रहेको भन्दै स्वयं मीराका पतिबाट जिल्ला प्रहरी कार्यालय मा किटानी जाहरी पर्नु र मीरा अधिकारी प्रहरी हिरासतमा रहनुले पनि घटना गम्भीर र षडयन्त्रमुलक रहेको महिला संघको निष्कर्ष रहेको छ बिज्ञप्तीमा जनाईएको छ ।

त्यस्तै मानव अधिकारका लागी महिला,एकल महिला समुह कावासोतीले पनि ८३ वर्षीय एकल वृद्ध महिला यशोधा अधिकारीको रहस्यमय मृत्युले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संस्था कि अध्यक्ष अमृता सिग्देलले घटनाको निष्पक्ष छानबिन गरि अनुसन्धान बाट दोषी देखिएका व्यक्तिलाई हदै सम्मको कार्वाहीको माग गर्नु भएको छ । विज्ञप्तिमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवालाको ध्यानाकर्षण गराईएको छ ।

१७ गते बिहान शौचालयमा लडेर मृत्यु भएको भनिए पनि हत्या भएको भन्दै मृतक वृद्धका छोराले हत्याको आशंकामा आफ्नै श्रीमति निरा खत्री विरुद्ध प्रहरीमा उजुरी गरे पछि आरोपी खत्रीलाई प्रहरीले प्रक्राउ गरि अनुसन्धान गरि रहेको छ ।

प्रकाशित : २०७७ जेठ १८ गते १७:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI