गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमले कोरोना कहरलाई सम्बोधन गर्न सकेन : नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १८ गते १९:०९
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमले कोरोना कहरलाई सम्बोधन गर्न सकेन : नेपाली

कावासोती । गण्डकी प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकार ले आईतवार प्रस्तुत गरेको नीति तथा कार्यक्रम ले कोरोना कहरलाई सम्बोधन नगरेको आरोप लगाएका छन ।

नीति तथा कार्यक्रम पछि नवलपुर टाईम्सलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता नेपालीले प्रदेश सरकारले अहिलेको कोरोना महामारी लाई बुझ्दै नबुझी सामन्य नीति तथा कार्यक्रम ल्याएको बताएका छ्न ।

कोरोना र लकडाउन को कारणले प्रभावित भएका कृषक, मजदुर लगाएतकालाई सम्बोधन गर्न नसकेको र पुरानै शैलीमा नीति तथा कार्यक्रम ल्याईएको बताउदै नेपालीले नीति तथा कार्यक्रम सुनेपछि प्रदेश सरकारसँग कोरोना कहर सँग लडन सक्ने हैसियत नभएको आरोप लगाए ।

नेपालीले नीति तथा कार्यक्रम ल्याउनु अगाडी मुख्य मन्त्रीलाई प्रतिपक्ष दलको तर्फ बाट दिएको २२ बुदें सुझावको पनि प्रदेश सरकारले उपेक्षा गरेको बताउदै प्रदेश सभाको अबको बैठकमा यो विषमा आफुहरुले गम्भीर र सशक्त तबरले कुरा उठाउने नेपालीले बताए ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम गण्डकी प्रदेश सभाको छैंठौ अधिवेशनको आठौं बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गुर्नभएको हो ।

हेर्नुहोस भिडियो

गण्डकि प्रदेश सरकारले कोरोनाको महामारीलाई बुझ्दै बुझेन,त्रासमय बाताबरणमा पनि पुरानै खालको कार्यक्रमको निरन्तरतामा सरकार…

Nawalpur Times यांनी वर पोस्ट केले रविवार, ३१ मे, २०२०
प्रकाशित : २०७७ जेठ १८ गते १९:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI