दाङका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १८ गते १९:५९
दाङका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
corona

गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुलाई कोरोना विशेष अस्पताल बेल्झुण्डी लगिएको छ।

लमही नगरपालिका वडा नं. १ निवासी ४० वर्षीय र राप्ती गाउँपालिका वडा नं. ८ निवासी ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो।

गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले दुबै स्वास्थ्यकर्मीलाई पहिले देखि नै गढवामै क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको जानकारी दिनुभयो।

अहिले दुबै स्वास्थ्यकर्मीलाई कोरोना विशेष अस्पतालमा लगिएको छ। गोरखापत्रबाट

प्रकाशित : २०७७ जेठ १८ गते १९:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI