चालकले नमाने पछि गाउँपालिका अध्यक्षका छोराले एम्बुलेन्स चलाएर संक्रमितलाई पुर्‍याए अस्पताल

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १९ गते ९:४७
चालकले नमाने पछि गाउँपालिका अध्यक्षका छोराले एम्बुलेन्स चलाएर संक्रमितलाई पुर्‍याए अस्पताल

कावासोती । सोमबार (आज) कोरोना संक्रमण पुष्टि भएका विनयी त्रिवेणि ३ का १४ वर्षीय बालकलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याउन एम्बुलेन्सले नमाने पछि गाउपालिका अध्यक्षका छोरा आफैले एम्बुलेन्स चलाएर अस्पताल ल्याएका छ्न ।

करिव आधा दर्जन एम्बुलेन्स लाई सम्पर्क गर्दा पनि कुनै पनि एम्बुलेन्सले कोरोना संक्रमितलाई ल्याउन नमानेपछि विनयी त्रिवेणी गाउपालिका अध्यक्ष डम्वर बहादुर जि.सी. का छोरा आषिश जि.सी आफैले पिपिइ लगाएर कोरोना संक्रमित बालकलाई एम्वुलेन्समा जिल्ला अस्पताल ल्याएका हुन ।

कोरोना संक्रमित पुष्टि भएका बालक गत जेठ ७ गते भारतको दिल्ली बाट सुनौली नाकाको क्वारेन्टाइनमा आई बसेका र जेठ ९ गते गाँउपालिकाले पठाएको जिपमा आई क्वारेन्टाइनमा बसेका थिए ।

प्रकाशित : २०७७ जेठ १९ गते ९:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI