नमो बुद्ध स्कुल : जिल्लाकै पहिलो संस्थागत विद्यालयमा बनेको क्वारेन्टाइन स्थल

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १९ गते १४:३८
नमो बुद्ध स्कुल : जिल्लाकै पहिलो संस्थागत विद्यालयमा बनेको क्वारेन्टाइन स्थल

कावासोती । नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका १ बेलुवामा रहेको नमो बुद्ध स्कुलमा क्वारेन्टाइन कक्ष वनाइएको छ । हुप्सेकोट गाउँपालिकामा भारतवाट आउने नागरिकको संख्या वढदै जादा स्कुललाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको हो ।

यस अघि सामुदायिक विद्यालयहरुलाई मात्र क्वारेन्टाइनको लागि प्रयोग गरिएको थियो । नमो बुद्ध स्कुलमा अहिले भारत वाट आएका ६ जनालाई राखिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनु भयो ।

क्वारेन्टाइन वनाउनका लागि लकडाउन सुरु भए देखि नै सहमति जनाइएपनि अहिले गाउँपालिकाको आवश्यकता अनुसार स्कुललाई क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गरेको नमो बुद्ध स्कुलका प्रिन्सीपल चिरञ्जीवि गौडेलले वताउनुभयो ।

लकडाउन सुरु भए संगै सामाजिक सञ्जालमा विभिन्न क्षेत्रका संस्थागत विद्यालय सञ्चालक हरुले आफ्नो विद्यालयको भवन क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने भनि प्रतिबद्धता गरे पनि अहिले आवश्यकता पर्दा भवन उपलब्ध गराईएका छैनन ।

आफुले प्रचारका लागि भन्दा पनि विपदमा सहयोगका लागि गाउपालिकालाई सहजिकरण गरेको प्रिन्सीपल चिरञ्जीवि गौडेलले वताउनुभयो । हुप्सेकोटमा भारत वाट आउनका लागि ११ सय भन्दा वढिले नाम टिपाएका छन् भने करिब ३ सय जना आइसकेको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित : २०७७ जेठ १९ गते १४:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI