यस्तो छ सोमबार पुष्टि भएको नवलपुरका कोरोना संक्रमितको ट्राभल हिस्ट्री

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १९ गते १४:५१
यस्तो छ सोमबार पुष्टि भएको नवलपुरका कोरोना संक्रमितको ट्राभल हिस्ट्री
corona

कावासोती । नवलपुरमा सोमबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टि गरेको हो ।

संक्रमण पुष्टि भएका तीन जना मध्ये दुई जना कावासोती नगरपालिका वडा नं १ र १२ का हुन भने अर्का एक जना जिल्लाकै विनयी त्रिवेणि गाउँपालिका वडा नं १ का भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।


संक्रमित मध्य कावासोती -१ का २२ वर्षीय पुरुष भारतको महाराष्ट्र बाट आई भारतकै नौतुनवा क्वारेन्टाइनमा ८ दिन बसेका थिए । त्यसपछि उनी जेठ १० गते सुनौली नाका हुँदै हुप्सेकोट गाउँपालिका बाट गएको टिप्परमा कावासोतीको रिफ्रेस सेन्टरमा आई १ रात बसेर जेठ ११ गते कावासोती-१ मा रहेको जन कल्याण मा.बिको क्वारेन्टाइन बसेका थिए । उनी सँगै ४९ जना सोही टिप्परमा आएका र संक्रमितको आफ्ना घर परिवार लगायत कसै सँग सम्पर्क नभएको प्रारम्भिक जानकारी जिल्ला स्वास्थ्य कार्यालयले दिएको छ ।

त्यस्तै कावासोती १२ का अर्का संक्रमित ३६ वर्षीय पुरुष पनि भारत बाट नै आएका हुन । उनी गत जेठ ९ गते भारतको दिल्ली बाट आएका थिए । उनी जेठ १० गते सुनौलो नाका हुँदै बुलिङ्गटार गाँउपालिकाको बसमा आई सोही दिन नै कावासोती १२ को शान्ति निकुञ्ज मा बिको क्वारेन्टाइन मा बसेका थिए । उनी आएको बसमा २०जना सँगै आएका थिए । संक्रमित व्यक्तिको घर परिवार लगायत कसै सँग सम्पर्क नभएको प्रारम्भिक जानकारी जिल्ला स्वास्थ्य कार्यालयले दिएको छ ।

त्यसै गरि अर्का संक्रमित विनयी त्रिवेणि गाउपालिका ३ का १४ वर्षीय बालक पनि भारत बाट नै आएका थिए । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार उनी गत जेठ ७ गते भारतको दिल्ली बाट सुनौली नाकाको क्वारेन्टाइनमा आई बसेका र जेठ ९ गते गाँउपालिकाले पठाएको जिपमा आई क्वारेन्टाइनमा बसेका थिए । उनी आएको जिपमा ८ जना सँगै आएको र उनको घर परिवार लगायत अन्य कसै सँग सम्पर्क नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाल तिनै जनालाई मध्यविन्दु जिल्ला अस्पतालमाको आईसोलेसनमा राखेर उपचार सुरु गरिएको तिनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

संक्रमित तिनै जना आएको सवारी साधनमा आउने व्यक्तिहरुको पहिचान गरि परिक्षण गर्नु पर्ने व्यक्तिहरुको संख्या यकिन गर्न स्वास्थ्य कार्यालयले सम्बन्धित तहको स्वास्थ्य शाखा र अन्तर्गत रहेको Case investigation Contact Tracing Team सँग समन्वय गरि काम अगाडि बढाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७७ जेठ १९ गते १४:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI