धिरज इन्टरप्राइजेजको सहकार्यमा आइ एम इ लाईफ ईन्स्योरेन्स द्वारा बिपन्न परिवालाई राहत वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १९ गते १५:२२
धिरज इन्टरप्राइजेजको सहकार्यमा आइ एम इ लाईफ ईन्स्योरेन्स द्वारा बिपन्न परिवालाई राहत वितरण

नारायण प्रभु/कावासोती
नवलपुरको कावासोती १३ गैरी मा रहेका १७ घरका बिपन्न परिवारलाई आइ एम इ लाइफ इन्स्योरेन्सले राहत वितरण गरेको छ।राहत बितरण कार्यमा कावासोती ८ मा रहेको धिरज इन्टरप्राइजेजले खाद्यान्न सहयोग गरेको छ।

लकडाउनका कारण ज्याला मजदुरी गरेर खान नपाएका बिपन्न परिवारलाई थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको इन्स्योरेन्सका कावासोती ब्रान्च मेनेजर गगन कुमार  न्यौपानेले बताउनु भयो।

मानिसको स्वास्थ्य सुरक्षासँगै सामाजिक कार्यमा पनि सकृय इन्स्योरेन्सले केहीदिन पहिला पनि मध्यबिन्दुमा राहत बितरणमा सहयोग गरेको थियो।

कावासोती १३ कि वडा प्रतिनिधि एवं कार्यपालिका सदस्य कलिया मुसहरको आतिथ्यतामा भएको राहत वितरण कार्यक्रममा आइ एम इ लाइफ इन्स्योरेन्सका एजेन्सी मेनेजर अमित भण्डारी,सोनम लामा, ब्रान्च मेनेजर गगन कुमार न्यौपाने,धिरज इन्टरप्राइजेजका प्रोप्राइटर धिरज भट्टराई लगाएत स्थानीयको उपस्थिती रहेको थियो।

प्रकाशित : २०७७ जेठ १९ गते १५:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI