रुकुम घटनाको दोषीलाई हदै सम्मको कार्वाहीको माग गर्दै देवचुलीमा बुझाईयो ज्ञापनपत्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २० गते १६:१६
रुकुम घटनाको दोषीलाई हदै सम्मको कार्वाहीको माग गर्दै देवचुलीमा बुझाईयो ज्ञापनपत्र

नेपालको संविधानमा सबैखाले विभेदको अन्त्य भएको घोषणा भए पनि राज्य र समाज ले नै दलित माथी थिचोमिचो गरिरहेको कार्यक्रम मा दलित अगुवा हरुले बताएका छन् ।

अन्तरजातीय प्रेमका विषयमा रुकुमपश्चिम चौरहजारी नगरपालिका वार्ड नम्बर ८ सोतीमा भएको घटनालाई राजनीतिक संरक्षण नदिई निष्पक्ष अनुसन्धान गरी दोषीलाई हदै सम्मको कानुनी कारवाही गर्न र पुर्णतः दलित हिंसा बन्द गराउन माग गर्दै दलित जागरण तथा विकास समितिले आज देवचुली नगरपालिका प्रमुख पुर्णकुमार श्रेष्ठ मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

रुकुमका कथित उपल्लो जातकी युवती र जाजरकोटका दलित समुदायका युवकबीचको प्रेम सम्बन्ध लाइ लिएर केटी पक्षको आक्रमण हुँदा ६ जना दलित युवा को मृत्यु भएको थियो । जेठ १० गते प्रेमिका लिन साथीहरुसहित नवराज विक रुकुम चौरहजारी सोती पुगेका थिए । तर स्थानीयको आक्रमणमा परी नवराज र उनीसँगै गएका ६ जनाको मृत्यु भएको छ ।

दलित हकहित र अधिकारका लागि काम गर्ने दलित जागरण तथा विकास समितिको आयोजना र देवचुलीमा रहेका ११ वटा दलित अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाले संयुक्त रुपमा देवचुलीको फारमचोक बाट जातिय भेदभाव छुवाछूतको अन्त्य गर, हत्यारालाई हदै सम्म कारबाही गर, दलित हकहित को ग्यारेन्टी गर जस्ता शब्द लेखिएको ब्यानर तथा प्लेकार्ड सहित महेन्द्र राजमार्ग हुँदै देवचुली नगरपालिकामा पुगि कोणसभामा मा परिणत भएको थियो ।

कोणसभा लगत्तै ज्ञापनपत्र बुझाएका उनीहरुले राज्यको विभेदकारी नीति तथा अमानविय सामाजिक संरचनाको कारणले दलित समुदायको शक्ति संरचनामा प्रतिनिधित्व र पहुँच निकै कम रहेकाले मृतक नवराज विक र उनका साथीहरूलाई गलत देखाउने मनसायले विभिन्न खालका जालसाजी गरी गलत ब्याख्या गर्न खोजिएको मा आपत्ति जनाउदै उनीहरुले घटनामा राजनीतिक संरक्षणको आशंकासमेत व्यक्त गरेका छन् ।


कोणसभामा नेपाल दलित संघ नवलपुरका अध्यक्ष प्रेमबहादुर विश्वकर्माले रुकुम पश्चिमको घटना अमानवीय र ब्राह्मण वादको कारणले घटेको बताउदै घटनाको दोषीलाई हदैसम्मको कार्वाही नगरिए ६० लाख दलित हतियार बोक्न बाध्य हुने चेतावनी दिएका छन ।

‘घटनाको प्रकृति हेर्दा यो अमानवीय तथा कलंकको रुपमा रहेको जातीय छुवाछुतको आधारमा भएको घटना हो भन्ने प्रष्ट देखिन्छ हामी रुकुम घटनाको स्वतन्त्र र निश्पक्ष छानविन गरी घटनामा संलग्न लाई कानुनी दायाराभित्र ल्याई कानुनी कारबाहीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं, दलित जागरण विकास समितिका अध्यक्ष नेत्रबहादुर सुनार ले भनेका छन् ।

कानुनले नै जातीय विभेद र छुवाछुतलाई बन्देज गरेपनि आधुनिक समाजमा जातका नाममा छुवाछुतजन्य घटना हुनु मानवजातीकै लागि लज्जाको विषय भएको दलित अधिकारकर्मी एवं विश्वकर्मा समाज राष्ट्रिय महासंघ कि केन्द्रिय सदस्य रत्नमाया विश्वकर्माले बताईन ।

कार्यक्रममा बोल्दै देवचुली दलित युवा समाजका अध्यक्ष राकेश बिकले रुकुम पश्चिमको घटना दलित भएकै कारणले घटेको र यो घटनाका दोषीलाई हदै सम्मको कार्वाही नगरिए सिङ्गो दलित समुदाय अझै ससक्त आन्दोलनमा जुटने बताए ।

कार्यक्रममा ज्ञापनपत्र बुझ्दै देवचुली नगरपालिकाका नगरप्रमुख पुर्णकुमार श्रेष्ठले रुकुम पश्चिमको घटना अत्यन्तै अमानवीय र निकृष्ट भएको बताउदै घटनाको दोषीलाई हदैसम्मको कार्वाहीको लागि नेपाल सरकारलाई अनुरोध गर्ने बताए । साथै नगरप्रमुख श्रेष्ठले देवचुली नगरपालिकालाई दलित मैत्री बनाउने बताए ।

हेर्नुहोस भिडियो ।

रुकुम पश्चिमको घटनाको विरोधमा नेपाल सरकारलाई देवचुली नगरपालिका मार्फत दोषीलाई हदै सम्मको कार्वाहीको माग गर्दै ज्ञापन पत्र बुझाउदै देवचुलीका दलित समुदाय ।

Nawalpur Times यांनी वर पोस्ट केले मंगळवार, २ जून, २०२०
प्रकाशित : २०७७ जेठ २० गते १६:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI