No ads found for this position

निति तथा कार्यक्रम माथि सांसदको कटाक्ष: भनौं सम्धीको चित्त दुख्ने नभनौं, छोरीको नाक बुच्चै

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २० गते २२:३०
No ads found for this position
निति तथा कार्यक्रम माथि सांसदको कटाक्ष: भनौं सम्धीको चित्त दुख्ने नभनौं, छोरीको नाक बुच्चै
No ads found for this position

कावासोती । गण्डकी प्रदेश सरकारले आइतबार ल्याएको आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । सोमबारदेखि सुरु छलफल मंगलबार पनि चल्यो ।

छलफलमा भाग लिदै काङ्ग्रेस सांसद विष्णु लामिछानेले कटाक्ष गर्दै भने ” भनौँ सम्धीको चित्त दुख्ने, नभनौँ, छोरीको नाक बुच्चै । मैले सरसर्ती हेरेँ । नीति तथा कार्यक्रम समय सापेक्ष आएन कि भन्ने मलाई लाग्छ । वास्तवमा अहिले को परिस्थिति के हो ? त्योसँग जुध्न सक्ने किसिमको नीति कार्यक्रम आएन कि ? , कोरोनाले थिलोथिलो परेको अवस्थामा, पहिलो प्राथमिकतामा ती जनता जसले सरकारको अपेक्षा गरेर बसिरहेका छन्, जो अहिले पनि पीडामा छन्, उनीहरूको स्वास्थ्योपचार, राहत कसरी दिने भन्नेमा ध्यान नदिएको लाग्छ । दुर्भाग्य छ, अहिले पनि हाम्रो क्वारेन्टाइनमा बस्ने व्यक्तिले आत्महत्या गर्नेस्थिति कसरी सिर्जना भयो ?”


बैठकमा बोल्दै लामिछानेले सुकुम्बासी समस्या प्रती प्रदेश सरकारको ध्यान जान नसकेको भन्दै सुकुम्बासीलाई नीति तथा कार्यक्रमले जनता नै नमानेको बताए ।

लामिछानेले बैठकमा गण्डकी प्रदेशको भारत सँग जोडिएको नाका त्रिवेणिका जनतालाई सरकारले उपेक्षा गरेको बताउदै त्रिवेणिका जनता प्रदेशको उपनिवेश सरह बस्नु परेको बताए । त्रिवेणिका जनता आफ्नो पालिकाको सदरमुकाम आउन पनि अर्को प्रदेशको बाटो प्रयोग गरेर आउनु पर्ने अवस्था छ, त्यहाका जनताले आफू गण्डकी प्रदेशको बासिन्दा गर्व गर्ने कहिले भन्दै प्रश्न गरेका थिए ।

प्रकाशित : २०७७ जेठ २० गते २२:३०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI