गाँउलेले नै बनाइदिए क्वारेन्टाइन

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २० गते २२:५०
गाँउलेले नै बनाइदिए क्वारेन्टाइन

गोविन्द लामिछाने/गैंडाकोट
गैंडाकोट नगरपालिकाको वडा न २ स्थित एस.पि.एम.टोल बिकास क्षेत्र भित्र रहेको एस.पि.एम. कलेजमा गैंडाकोट नगरस्तरीय क्वारेन्टाइन बनेको छ ।

गैंडाकोट नगरपालिका , एस.पि.एम . कलेज र टोल बिकास संस्थाको छलफलमा सबैको सहमति र समन्वयमा क्वारेन्टाइन बनाएको क्वारेन्टाइन ब्यबस्थापन उपसमिति संयोजक यदुनाथ सापकोटाले जानकारी दिनुभयो ।

गैंडाकोट नगरपालिकामा घरभएका कामका सिलसिलामा बिदेशमा रहेका तर कोरोनाको घर फर्किएका र फर्कन चाहने आफ्ना नागरिकलाई उनिहरु र समाज सुरक्षित राख्न क्वारेन्टाइन आबस्यक भएको वडा अध्यक्ष धुर्बराम पौडेलले जानकारी दिनुभयो ।

गैंडाकोट नगरपालिकाको अन्य स्थानमा पनि क्वारेन्टाइन रहेकोे तर थप क्वारेन्टाइनको आबस्यक रहेकोे भन्ने जानकारी अन्तर्गत सेवा मुलक संस्थामा सेवाको लागि नै अनुरोध भएको कारण समाजलाई जोखिममुक्त राखेर कलेज प्रयोग गर्न दिएको कलेजका अध्यक्ष महेन्द्रभक्त अधिकारीले जानकारी दिनुभयो ।

कोरोनाको जोखिम हुने डरले स्थानीयले क्वारेन्टाइन बनाउन नदिइरहेको अबस्थामा यश क्षेत्रका जनता भने ३ दिन देखि क्वारेन्टाइन ब्यबस्थापनमा खटिएका थिए । कलेज सरसफाइ , डोरीघेरा लगाउने ,सुत्ने कोठा मिलाउने , खाट जुटाउने र बनाउने लगाएतका काममा गाउँले आफैं जिम्मा लिएर जिम्मा पूरा गरेका छन ।

क्वारेन्टाइन ब्यबस्थापन उपसमितिको संयोजक वडा सदस्य यदुनाथ सापकोटा रहेपनी अन्य ८ जना सदस्यमा टोलबिकास संस्था र स्थानीय महिला समुहका पदाधिकारी रहेका छन ।

हामी सबै सामाजिक प्राणी भएकोले समाज र जनताको असहजता बाट पन्छिनु नहुने हुँदा सबैले सहयोग गरेको टोल बिकास अध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो । यसबाट पर्न सक्ने संभावित जोखिमलाई मध्यनजर गर्दै आबस्यक साबधानी अपनाई क्वारेन्टाइन निर्माण गरिएको हुँदा स्थानीयलाई ससङ्कित नहुन र त्रासमुक्त रहन समेत सापकोटाले अनुरोध गर्नुभएको छ ।

प्रकाशित : २०७७ जेठ २० गते २२:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI