विश्वभर ६४ लाख ८४ हजारमा कोरोना संक्रमण, ३० लाख १० हजार संक्रमणमुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २१ गते ७:४४
विश्वभर ६४ लाख ८४ हजारमा कोरोना संक्रमण, ३० लाख १० हजार संक्रमणमुक्त
corona

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६४ लाख ८४ हजार ९ सय ३९ पुगेको छ। वर्ल्डोमिटरले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख ८१ हजार २ सय ५ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ५ लाख ५८ हजार २ सय ३७, रुसमा ४ लाख २३ हजार ७ सय ४१, बेलायतमा २ लाख ७७ हजार ९ सय ८५, स्पेनमा २ लाख ८७ हजार १२ तथा इटालीमा २ लाख ३३ हजार ५ सय १५ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ८२ हजार ३ सय ६८ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ १ लाख ८ हजार ५९ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३९ हजार ३ सय ६९, इटालीमा ३३ हजार ५ सय ३०, ब्राजिलमा ३१ हजार ३ सय ९ जनाको मृत्यु भइसकेको छ।

विश्वभर ३० लाख १० हजार ४ सय ८३ जना संक्रमणमुक्त भइसकेका छन्।

विश्वभर २ सय १३ देश वा क्षेत्र र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा संक्रमण देखिइसकेको छ।

नेपालमा पनि कोरोना संक्रमितको  संख्या दुई हजार नाघेको छ। बुधबार बिहानसम्म नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ। त्यसमध्ये २ सय ६६ हजार संक्रमणमुक्त भइसकेका छन् भने ८ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित : २०७७ जेठ २१ गते ७:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI