भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २१ गते ७:५३
भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार नाघ्यो
corona

भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ।

वर्ल्डोमिटरले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७ हजार १ सय ९१ पुगेको छ।

सर्वाधिक संक्रमण फैलिएका देश सूचीमा भारत सातौं स्थानमा छ। भारतभन्दा अघि क्रमशः इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।

भारतमा ५ हजार ८ सय २९ जनाको संक्रमणपछि मृत्यु भएको छ। त्यस्तै एक लाख २ सय ८५ जना भने संक्रमणमुक्त भएका छन्।

प्रकाशित : २०७७ जेठ २१ गते ७:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI