गैंडाकोट नगरपालिकामा आजदेखि दादुरा रुवेला खोप अभियान शुरू (हेर्नुहोस तालिका)

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २१ गते ८:१९
गैंडाकोट नगरपालिकामा आजदेखि दादुरा रुवेला खोप अभियान शुरू (हेर्नुहोस तालिका)

प्रकाश भण्डारी, गैँडाकोट

गैंडाकोट नगरपालिकामा आजदेखि दादुरा रुवेला खोप अभियान शुरू हुँदै छ। चैत्र १६ देखि २४ गते सम्म दोस्रो चरणमा अभियान संचालन गरिने कार्यक्रम रहेको भएतापनि विश्वभर फैलिएको कोरोना संक्रमण र सोबाट सिर्जित लकडाउनका कारण अभियान स्थगित गरिएको थियो।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले आजै गैडाकोट नगरपालिका वडा नं. १ बाट दादुरा रुवेला बिरूद्धको अभियान सुरु गरिने बताउनुभयो ।

१८ वटा वडामा रहेका ५ वर्ष मुनिका ४ हजार ५ सय २६ जना वालवालिकालाई खोप लगाउने लक्ष्य रहेको र नगरभित्र सामाजिक दुरी कायम गर्दे मास्क समेत लगाएर खोप केन्द्रमा आउन पनि पौडेलले सबैमा अनुरोध गर्नुभएको छ।

नियमित खोप लगाएको खोप रेकर्ड भएको कार्ड सहित नजिकको खोप केन्द्रमा आउन स्वास्थ्य शाखाले अनुरोध गरेको छ।  खोप केन्द्रमा कोरोना संक्रमण जाँच गरी कुनै समस्या नदेखिएका स्वास्थ्कर्मी परिचालन गरिएको छ।

दादुरा रुवेला खोप अभियान तालिका

आज विहान १० बजेबाट गैडाकोट १ मा सुरु हुने र त्यहाँ २९९ जना वालवालिकालाई खोप लगाइने पौडेलले जानकारी गराउनुभयो। गैँडाकोट १ नं. वडा कार्यालय र सरस्वती प्राविको शाखा गरी दुई ठाउँबाट खोप सेवा दिईने छ।

त्यस्तै भोलि जेठ २२ गते गैडाकोट २ मा ५७७ वालवालिकालाई वडा भवन र नमुना बोर्डिङबाट, जेठ २३ गते गैडाकोट ४ मा २८२ वालवालिकालाई पानि टंकी नजिक रहेको बन कार्यालय भवन र लखन चोकबाट, जेठ २४ गते गैडाकोट ६ र ७ मा क्रमश २०१ वालवालिकालाई भाग्योदय आधारभूत विद्यालय, स्वावलम्वन संस्थाको कार्यालबाट र १८७ वालवालिकालाई शितल बाटिका चोकबाट, जेठ २५ गते गैडाकोट ८ र ९ मा क्रमश १९० वालवालिकालाई विजय निमावि आधारभूत विद्यालय, आयुर्वेद औषधालय भवन र १०३ जनालाई सतसँग भवनबाट, जेठ २६ गते गैडाकोट ५ मा ३६३ वालवालिकालाई स्वास्थ्य चौकी भवन र गणेश मन्दिरबाट खोप लगाउने कार्यतालिका रहेको छ। 

गैडाकोट ३ मा जेठ २२,२३,२४, २५,२६ र २७ गते खोप लगाइने भएको छ । गैडाकोट १० मा जेठ २७ र २८ गते, गैडाकोट ११ मा २६ र २९ गते, गैडाकोट १२ मा जेठ २४ र २५ गते, गैडाकोट १३ मा जेठ २२ र २३ गते, गैँडाकोट १४ मा जेठ २२ र २३ गते, गैडाकोट १५ मा जेठ २४ गते, गैडाकोट १६ मा जेठ २५ र २६ गते, गैडाकोट १७ मा जेठ २५ गते, गैडाकोट १८ मा जेठ २२, २३, २५, २६ र २७ गते खोप लगाउने कार्यतालिका रहेको छ ।

प्रकाशित : २०७७ जेठ २१ गते ८:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI