बुलिङ्गटारका कोरोना संक्रमितलाई उपचारको लागी भरतपुर लगियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २१ गते ९:२२
बुलिङ्गटारका कोरोना संक्रमितलाई उपचारको लागी भरतपुर लगियो
corona

कावासोती । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा फेला परेका कोरोना संक्रमित १६ बर्षीय किशोरलाई उपचारका लागि चितवन लगिएको छ ।

उनलाई उपचारका लागि चितवनको कोरोना विशेष अस्पतालमा लगिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

उनीसँगै नवलपुरमा १० जना संक्रमित भेटिएका छन् जसमध्ये ४ जना चितवनको कोरोना विशेष अस्पतालमा उपचार भईरहेको छ । त्यस्तै ५ जनाको नवलपुरमै उपचार भईरहेको छ भने एक जना निको भएर फर्किएका छन् ।

प्रकाशित : २०७७ जेठ २१ गते ९:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI