No ads found for this position

लकडाउनको मोडालिटीबारे सुझाव लिन प्रधानमन्त्रीको विज्ञहरूसँग छलफल

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २१ गते १७:३३
No ads found for this position
लकडाउनको मोडालिटीबारे सुझाव लिन प्रधानमन्त्रीको विज्ञहरूसँग छलफल
No ads found for this position

कोरोना भाइरस संक्रमण रोक्न सरकारले अपनाएको लकडाउन मोडलबारे सबैतिरबाट आलोचना शुरु भएपछि अबको बोटोबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल शुरु गर्नु भएको छ । 

प्रधानमन्त्रीले बालुवाटारमा विज्ञहरूसँग अपरान्ह चार बजेबाट छलफल शुरु गर्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार विभिन्न क्षेत्रका २५ जना विज्ञहरु बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्रीले विज्ञहरुसँग अहिलेसम्म लकडाउन गर्दाको समिक्षा र आगामी दिनमा अपनाउनुपर्ने मोडालिटीका बारेमा छलफल गर्ने र सोही अनुसार निर्णयमा पुग्ने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । 

गत चैत ११ गतेबाट जारी लकडाउनले देशको अर्थतन्त्रसहित जनजीवन तहस नहस भएको भन्दै निजी क्षेत्रले रेड, एल्लो र ग्रिन जोन गरी लकडाउन खुकलो पार्न मंगलवार कोभिड १९ उच्चस्तरिय समन्वय समितिलाई सुझाव दिएका थिए । 

उच्चस्तरिय समितिले यसबारेमा बुधवार छलफल गर्ने भनिएपनि सिधै प्रधानमन्त्री आफैले विज्ञहरुलाई बोलाएर छलफल थाल्नु भएको हो । अभियानडेली डटकमबाट

प्रकाशित : २०७७ जेठ २१ गते १७:३३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI