No ads found for this position

रुखले किचेर गैडाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २१ गते २३:१०
No ads found for this position
रुखले किचेर गैडाको मृत्यु
No ads found for this position

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हावाहुरीले रुख ढलेर किच्दा दुर्लभ एक सिंगे गैंडा मरेको छ । निकुञ्जको राष्ट्रपती ताल क्षेत्रमा रुखले किचेर गैंडा मरेको हो । सो क्षेत्र कसराबाट दक्षिण पूर्बमा पर्दछ ।

gaida chitwan.jpg

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गएको सोमबार आएको हावाहुरी पछि ढलेको रुखले गैंडा मरेको अनुमान गरिएको छ । गैंडा रुखले किचेको अबस्थामा आज भेटिएको हो । उहाँका अनुसार वयस्क पोथी गैंडा मरेको हो । यो संगै चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन क्षेत्रमा कालगती र दुर्घटनाबाट मर्ने गैंडाको संख्या २६ पुगेको छ ।

gaida chitwan photo.jpg

गत वर्ष निकुञ्ज र वन क्षेत्रमा कालगतीबाट ४३ गैंडा मरेका थिए । हावाहुरी पछि रुखले किचेर गैंडा मरेको भेटिए संगै बिहिबारबाट निकुञ्जमा सुईप अप्रेसन गरिदै छ । ठूलो हावाहुरी आएकाले निकुञ्ज क्षेत्रमा क्षति भएको हुन सक्ने भन्दै अप्रेसन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । (रासस)

प्रकाशित : २०७७ जेठ २१ गते २३:१०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI