विश्वभर ६५ लाख ६७ हजारमा कोरोना संक्रमण, ३ लाख ८७ हजारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २२ गते ७:२८
विश्वभर ६५ लाख ६७ हजारमा कोरोना संक्रमण, ३ लाख ८७ हजारको मृत्यु
corona

विश्वभर ६५ लाख ६७ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वर्ल्डोमिटरले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १९ लाख १ हजार ७ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, ब्राजिलमा ५ लाख ८४ हजार ५ सय ६२, रुसमा ४ लाख ३२ हजार २  सय ७७, बेलायतमा २ लाख ७९ हजार ८ सय ५६, स्पेनमा २ लाख ८७ हजार ४ सय ६, इटालीमा २ लाख ३३ हजार ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ८७ हजार ९ सय ११ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ १ लाख ९ हजार १४२ जनाको  मृत्यु भएको छ।

त्यस्तै, बेलायतमा ३९ हजार ७ सय २८, इटालीमा ३३ हजार ६ सय १, ब्राजिलामा ३२ हजार ५ सय ६८ जनाको मृत्यु भएको छ।

विश्वभर ३१ लाख ६४ हजार ३ सय ४६ जना संक्रमणमुक्त भएका छन्। बिहीबार बिहानसम्म अमेरिकामा ६ लाख ८८ हजार ६ सय ७०, ब्राजिलमा २ लाख ६६ हजार १ सय ३२, रुसमा १ लाख ९५ हजार ९ सय ५७, जर्मनीमा १ लाख ६७ हजार ३ सय जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि २३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज बिहीबार मात्रै गण्डकी प्रदेशमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। १६ जनामध्ये बागलुङमा १०, स्याङ्जामा १, म्याग्दीमा १ र पर्वतमा ४ जना छन्। गण्डकी प्रदेशमा मात्रै संक्रमितको संख्या ५४ पुगेको छ। 

त्यस्तै, नेपालमा संक्रमितमध्ये ९ जनाको मृत्यु भएको छ। साथै, २ सय ७८ मा संक्रमणमुक्त भएका छन्।

प्रकाशित : २०७७ जेठ २२ गते ७:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI