No ads found for this position

लकडाउनको उल्लंघन हुन थाले पछि मन्त्री परिषदको बैठक बस्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २२ गते १२:५०
No ads found for this position
लकडाउनको उल्लंघन हुन थाले पछि मन्त्री परिषदको बैठक बस्दै
No ads found for this position

काठमाडौ । व्यावसायीहरुले धमाधम लकडाउनको अवज्ञा गर्दै व्यवसाय संचालन गर्न थालेपछि मोडालिटी परिवर्तनलगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।

बैठक अपराह्न चार बजे बस्दै छ । प्रधानमन्त्री ओली ले बुधवार स्वास्थ्यविद, अर्थविद, योजना विद लगायतले लकडाउनको मोडालिटीका बारेमा छलफल गरेका थिए ।

यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेको र व्यापारीहरूले लक डाउन उल्लङ्घन गर्दै पसलहरू खोल्न थालिसकेकाले मन्त्रिपरिषद् बैठकले लकडाउन मोडालिटीबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । सरकारले पछिल्लो पटक थपेको म्यादअनुसार आगामी जेठ ३२ गतेसम्म लकडाउन छ ।

प्रकाशित : २०७७ जेठ २२ गते १२:५०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI