रौतहटमा थप ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २२ गते १५:५७
रौतहटमा थप ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि

रौतहटमा बिहीबार थप ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यो सँगै रौतहटमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८३ पुगेको छ।

काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको ईशनाथ, गुजरा, माधवनारायण, गढिमाई, चन्द्रपुर, फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो।

सबैभन्दा बढी ईशनाथ नगरपालिकाका ४६ जना, गुजरा नगपालिकाका ८ जना, गढिमाई नगरपालिकाका सात जना र फतुवा विजयपुर नगरपालिकाका एक जना, माधवनारायण नगरपालिकाका एक जना, चन्द्रपुर नगरपालिकाका एक जना र दुर्गा भगवती गाउँपाललिकाका एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिनुभएको छ।

बिहीबार सङ्क्रमण पुष्टि भएका सबै जना भारतका विभिन्न शहरबाट भर्खरै रौतहट आएका नेपालीहरू रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो।

सङ्क्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टाइनमा रहेका छन्। यसअघि बुधबार मात्रै ११ जनामा सङ्क्रमण पुष्टि भएको थियो। अहिलेसम्म जिल्लाको १८ वटै स्थानीय तहमा कोरोना सङ्क्रमण फैलिएको छ । गोरखापत्र अनलाइनबाट

प्रकाशित : २०७७ जेठ २२ गते १५:५७
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI