स्वास्थ्य मन्त्रालयमा सरुवाको लहर, सचिवपछि महानिर्देशक र निर्देशक फेरिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २२ गते १६:२५
स्वास्थ्य मन्त्रालयमा सरुवाको लहर, सचिवपछि महानिर्देशक र निर्देशक फेरिए

सरुवा रोग कोरोना संक्रमणको संकट गहिरिँदै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकपछि अर्का उच्च अधिकारीको सरुवा गर्न थालेको छ।

मन्त्रालयले बिहीबार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई सरुवा गरेको हो।

श्रेष्ठलाई मन्त्रालयमै तानिएको छ। उनको स्थानमा दीपेन्द्र नारायण सिंह र व्यवस्थापन महाशाखामा डा.रमेश खरेललाई नियुक्त गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

यसअघि स्वास्थ्य सचिव यादव कोइरालाई सरुवा गरेर प्रधानमन्त्री कार्यालय पठाइएको थियो। नेपाल लाईभबाट

प्रकाशित : २०७७ जेठ २२ गते १६:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI