No ads found for this position

नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते ८:३५
No ads found for this position
नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो
corona
No ads found for this position

नवलपुरमा आज थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै नवलपुरमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। शनिबार थपिएका ३ जनानै बिनयी त्रिवेणी गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागार्ईले जानकारी गराउनुभयो।

उनीहरु बिनयी त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ बर्ष उमेर समुहका रहेका छन्।

बिनयी त्रिवेणी गाउँपालिका वडा नं ३ का १९ बर्षीय पुरुष र वडा नं. ४ का १८ र २७ बर्षका पुरुष तीनैजना भारतबाट आएका थिए।

उनीहरुलाई केहीबेर अगाडी मात्रै प्राकृतिक चिकित्सालय (हालको कोरोना बिशेष अस्थायी अस्पताल) को आईसोलेसनमा राख्न गाडी त्यसतर्फ गैसकेको बिनयी त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुब राज काफ्लेले बताउनुभयो।

गत बिहीबार परीक्षणका लागी पठाइएको नवलपरासी पुर्वका १० स्वाब मध्ये ७ जनाको नेगेटिभ र ३ जनाको पोजेटिभ आएको थियो। अहिले उनीहरुको अवस्था सामान्य रहेको छ।

प्रकाशित : २०७७ जेठ २४ गते ८:३५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI