No ads found for this position

सर्वाधिक कोरोना संक्रमण फैलिएको देशको सूचीमा भारत छैटौं स्थानमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते ९:०४
No ads found for this position
सर्वाधिक कोरोना संक्रमण फैलिएको देशको सूचीमा भारत छैटौं स्थानमा
No ads found for this position

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा भारत छैटौं स्थानमा छ। यसअघि सातौं स्थानमा रहेको भारतले इटालीलाई उछिन्दै छैटौं स्थानमा पुगेको हो।

सूचीको पहिलो स्थानमा अमेरिका छ। अमेरिकापछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन तथा भारत छन्।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा ६ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ। त्यस्तै, भारतमा १ लाख १३ हजार २ सय ३३ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित : २०७७ जेठ २४ गते ९:०४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI